३१ साउन, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ ।साथै आगामी अक्टुबर महिनामा भारतले आयोजना गर्ने भनिएको अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध गरेको छ ।
भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेकोहो ।
तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो ।







































