काठमाडौं । सत्ता गठबन्धनमा नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये १०० सिटमा दाबी गरेपछि नेकपा माओवादी केन्द्रलेभागबण्डाको नयाँ फर्मुला अघि सारेको छ । १६५ सिटलाई शत प्रतिशत मानेर काँग्रेसलाई ५० प्रतिशत र गठबन्धनका बाँकी चारदललाई ५० प्रतिशत सिट बाँडफाँट हुनुपर्ने माओवादीको तर्क छ ।
काँग्रेस एक सय सिट दाबी गरेको छ । गठबन्धन गरेर एकल बहुमत ल्याउने रणनीतिमा काँग्रेस देखिन्छ । गठबन्धनमा ठुलो पार्टी काँग्रेसहोला । त्यसमा हामीहरुले नै भोट हालेर हुने हो,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘गठबन्धनमा कुनै एउटा पार्टीलाई मात्रैठुलो बनाउने गरी तालमेल हुँदैन । गठबन्धनको समझदारी अनुसार सिट बाँडफाँट हुनुपर्छ ।’
उनका अनुसार भागबण्डाका लागि काँग्रेस एउटा हिस्सा हुने र अर्को हिस्सामा माओवादी सहित चार दल हुन्छन् । ‘त्यसमा ५०/५०प्रतिशत भागवण्डा हुनुपर्छ,’ उनले भने ।
काँग्रेसलाई ५० प्रतिशत दिएर बाँकी रहेको ५० प्रतिशत माओवादीसहित दलहरू मिलेर भागबण्डा गरिने ती नेताको भनाइ छ । यदित्यसमा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी पनि जोडिन आएमा मिलाउन सकिने उनले बताए ।
उक्त प्रस्ताव काँग्रेसलाई स्वीकार्य नभएमा माओवादीले ६० सिट लिने प्रस्ताव गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले माओवादीलाईदिएको ५९ सिटलाई आधारविन्दु बनाएर तालमेल गर्नुपर्ने माओवादी नेताहरूको अडान छ ।
‘हामीले तत्कालीन एमालेसँग ५९ सिट लिएर उम्मेदवार उठाएका थियौँ । एमालेले आफूसहित अरू केहीलाई समेत सूर्य चिह्न दिएरउठाएको थियो । हामीले ३६ सिट जित्यौँ, एमालेले ८० सिट जित्यो,’ ती स्थायी समिति सदस्यले भने, ‘अब हुने चुनावमा पनि काँग्रेसले१०५ सिट लिएर त्यसमै एकीकृत समाजवादी, जसपा, जनमोर्चालाई मिलाउनु प¥यो । हामी ६० सिट लिन्छौँ ।’
अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल हुँदाकै मोडालिटीमा तालमेल गर्न सकिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । त्यतिबेलाएमालेले तालमेलबाट प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरेर १२१ सिट र माओवादीले प्रत्यक्षमा ३६ समानुपातिकमा १७ गरेर ५३ सिटजितेको थियो ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमासमेत माओवादी तेस्रो भए पनि २०७४ सालको तुलनामा सुधार भएको भन्दै प्रदेश रप्रतिनिधिसभा चुनावमा बढी सिट पाउनुपर्ने अडान लिएको छ ।
अध्यक्ष प्रचण्डले समेत माओवादी दोस्रो हुनेगरी सिट लिएर तालमेल गर्ने बताउँदै आएका छन् । गत वैशाख ३० गतेको निर्वाचनमा दोस्रोशक्ति बन्ने सम्भावना हुँदाहुँदै पनि सिट तालमेल र पार्टीभित्रको अन्तरघातले तेस्रो भएको भन्दै प्रचण्डले अब हुने चुनावमा दोस्रो हुनेगरीसिट सङ्ख्या लिएर तामलेल गर्ने बताउने गरेका छन् ।








































