Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:४२ बिहान
- ADVERTISEMENT -

गोरखा क्षेत्र नं २ काँग्रेसले नछोड्ने ,बाबुराम के गर्लान ।

प्रकाशित मिति: २०७९ साउन २६, बिहीबार

484
Shares

गोरखा  श्रावण २६

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा क्षेत्र नम्बर २ मा आफ्नो दावी स्वभाविक रहेको बताएका छन् । २०७०, २०७४ को निर्वाचनमा संसदिय समितिले टिकटका लागि निर्णयगर्दापनि आफुले छाड्नुपरेको प्रशंग जोड्ने उनले भने ‘यो पटक मेरो दावीस्वभाविक हो, पार्टीले निर्णय गर्न बाँकी छ ।’ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेतानारायणकाजी श्रेष्ठको क्षेत्र भएकाले चर्चामा रहेको गोरखा २ का बारेमा गठबन्धन भित्रको ठूलो दल कांग्रेसका केन्द्रिय सदस्य पाण्डेलेयस्तो बताएका हुन् ।  

नेपाल प्रेस युनियन गोरखाले बिहिवार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले गठबन्धन हुँदापनि कांग्रेसले गोरखा २ दावी गर्नेबताए । ‘२०७४ को निर्वाचनमा कांग्रेसको मतले बाबुराम भट्टराईले चुनाव जित्नुभयो, त्यसपछि उहाँको अभिब्यक्ति र ब्यवाहारले कांग्रेसकार्यकर्ता, सुभेच्छुक, मतदाता असन्तुष्ट छन्’ उनले भने । रुख चिन्न बाहेक अन्यमा मतदान नगर्ने कार्यकर्ताको दबाव रहेकाले यस पटकगोरखा २ कांग्रेसले लिनुपर्ने उनले बताए ।  

गठबन्धनमा रहेका दुई दल कांग्रेस र माओवादीबिच गोरखामा बरावर सिट बाँडफाँड हुने उनको दावी छ । ‘यहाँको मतान्तर हेर्न हो भनेकांग्रेस र माओवादी उस्तै छ’ उनले भने ‘गठबन्धनका अन्य दलको कमजोर उपस्थिती भएकाले यहाँ दुई पार्टी बिच बरावर क्षेत्र बाँडफाँडहुन्छ ।’ जिल्ला र केन्द्र स्तरका नेताहरुसँग पनि यसै अनुसार छलफल भईरहेको उनले बताए 

गोरखामा दुईवटा संघिय निर्वाचन क्षेत्र र चारवटा प्रदेश क्षेत्र छ । गोरखा क्षेत्र नम्बर २ कांग्रेसले लिने र १ माओवादीलाई दिने गरीसहमती हुन सक्ने उनले बताए । ‘फेरी कांग्रेस बाहेकलाई गठबन्धनबाट टिकट दिँदा त्यहाँका कार्यकर्ताले बिद्रोह गर्न सक्छन्, हामीलेअपेक्षा गरे अनुसार परिणाम नआउने खतरा पनि हुन सक्छ’ केन्द्रिय सदस्य पाण्डेले भने ।  दुई क्षेत्रमा एक÷एक वटा लिएर र प्रदेश पनिबरावरी बाँडेर कांग्रेस माओवादी गठबन्धन सहित जाँदा चुनाव जित्ने दावी उनको छ ।

गठबन्धन दलले उम्मेदवार चयन गर्दा भने एक अर्को पार्टीका कार्यकर्ताले भोट हाल्ने खालका चयन गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रियराजनीतिको आवस्यकता अनुसार गठबन्धन दलहरुले आफ्ना उम्मेदवारलाई बिजयी गराउन नसकेको खण्डमा गठबन्धनको औचित्यनहुने केन्द्रिय सदस्य पाण्डेले बताए ।  पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रिय सदस्य अब्दुल सतारले गठबन्धनको निर्णय अनुसार अघि बढ्नेबताउँदै भने ‘गठबन्धन हुँदा गोरखा क्षेत्र नम्बर २ यो पटक कांग्रेसले नै पाउनुपर्छ ।’ साथै उनले उम्मेदवार बन्ने चाहना र दावी स्वभाविकभएको बताए । ‘पार्टीको निर्णय मानेर अघि बढ्छौँ’ उनले भने ।  

कांग्रेस केन्द्रले भदौ २ गतेबाट देशभर कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।  चुनाव केन्द्रित कार्यक्रम सुरु गरिसकेको गोरखाकांग्रेसले अग्रजहरु सँग अन्तरक्रिया, वडादेखि पालिका र जिल्लास्तरमा रहेकाहरु सँग छलफल सुरु गरिसकेको जनाएको छ । उनी यीनैकार्यक्रममा सहभागी हुन गोरखा आएका हुन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -