Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४८:०० बिहान
- ADVERTISEMENT -

सूर्यविनायक-धुलिखेल सडक अब सरकारले नै बनाउने

प्रकाशित मिति: २०७९ साउन २५, बुधबार

423
Shares

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) लेसूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैं त्यसमा अग्रसर भएको हो ।

२५ साउन, काठमाडौं । नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गर्ने भएको छ । जापानी सहयोगनियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैं त्यसमाअग्रसर भएको हो ।

भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले २०७६ सालमा १६ किलोमिटर यो सडक विस्तारकोयोजनाबाट पन्छिएको थियो । सरकारले पटक–पटक यो आयोजनामा लगानीबारे पुनर्विचार आग्रह गर्दै आएपनि जाइकाले यसमा ठोसजवाफ दिएको छैन ।

सडक विभागका उपमहानिर्देशक था प्रवक्ता भीमार्जुन अधिकारी यो परियोजना निकै महत्वपूर्ण भएकाले सरकार आफैंले लगानी गर्नेबारेछलफल अघि बढेको बताउँछन् । ‘जापान सरकारले सघायो भने पनि ठीक छ, नभए सरकार आफैंले लगानी गरेर भएपनि अघि बढ्नुपर्छभनेर लागेका छौं’ उनले भने ।

यो सडकखण्डको विस्तारका लागि अहिले सरकारले नै विस्तृत परियोजना प्रतिवेदन बनाइरहेको छ । वर्षौंदेखि विभिन्न सडकपरियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा नागढुंगामा सुरुङमार्गको निर्माण करिब आधा सकिएको छ ।तर, त्यो भन्दाअघिदेखि चर्चामा रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तारमा भने सरकार लामो समय अलमलियो ।

जाइकाले यो परियोजनामा सरकारले देखाएको अपरिपक्वता, अविश्वास, कार्यशैलीप्रति जाइकाले खुला रुपमै रोष प्रकट गरेको थियो। उसले अब यो परियोजनामा लगानी नगर्ने जानकारी सडक विभागसहित सम्बद्ध निकायलाई दिएपछि सरकार अन्योलमा परेको थियो ।जापानले २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन ।

परियोजनाबारे मन्त्री र सचिवपिच्छेका फरक नीति, भनाइ, अडानमा जाइकाको असन्तुष्ट बनेको थियो ।

२०७४ मा जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक ८ लेनको बनाउन प्रारम्भिक अध्ययन गर्‍यो र अध्ययनकानिचोडहरुको प्रस्तुति राख्दै सरकारलाई सोधेको थियो, ‘३ विकल्पमध्ये कुनमा जाने त ?’

पहिलो विकल्प थियो, अहिलेकै सडकलाई सुधार मात्र गरेर स्तरीकृत गर्ने, दोस्रो साँगाभन्ज्याङमा एतफर्की ‘ओपन कट’ गरेर सुधार गर्नेर तेस्रो साँगाभञ्ज्याङमा सुरुङमार्गसहित सडक विस्तार गर्ने । पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरु रहेकाले ८ लेनको सडकबनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको प्रस्ताव गरियो ।

त्यतिबेला सरकारले सुरुङमार्गसहित यो सडक विस्तार गर्ने विकल्पलाई रोजेको थियो । नेपाल सरकारले सुरुङमार्ग बनाउने भनेपछिजाइकाले त्यसैअनुरुप सम्भाव्यता अध्ययन गर्‍यो । र, साँगामा २० मिटरको दूरीमा एकै स्थानमा दुईतर्फी हुने गरी दुई सुरुङ १.३किलोमिटर दुरीका बन्ने अध्ययनले देखाएको थियो ।

जाइकाले सूर्यविनायकसम्म सडक विस्तार गर्दा सर्भिस लेन पनि आफैंले बनाउने भनेको थियो । जापानले यो सडक खण्डका विभिन्नस्थानमा ओभरहेड ब्रिज (आकाशे पुल) सहित ट्राफिक लाइट प्रणाली पनि राख्न प्रस्ताव गरेको थियो । जापानी सहयोगमा बनेकोकोटेश्वर–सूर्यविनायक खण्डको सर्भिस लेन भने त्यतिबेला सरकारले नै बनाएको थियो ।

सम्भाव्यता अध्ययन सकिएपछि जापानले सहुलियत ब्याजदरको ऋण सम्झौताका लागि प्रस्ताव गर्‍यो । सुरुङसहित निर्माण गर्दा २२अर्बको लागत अनुमान थियो ।

तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसको फाइल पुग्यो, तब स्थिति उल्टियो । मन्त्रालयले परियोजना निकै महँगोभएको भन्दै अघि बढाउन नसकिने भनेर जवाफ फर्कायो ।सुरुङमार्ग निर्माणका लागि विस्तृत डिजाइन सुरु भइसकेको अवस्थामामन्त्रालयले सुरुङसहित निर्माण गर्दा परियोजना महंगो भएको बतायो र पूर्ण अनुदानमा बनाउन प्रस्ताव गर्‍यो ।

जापानले सहुलियत ऋणको प्रस्ताव दोहोर्‍याउँदै सुरुङविना नै सडक बनाउने भए १६ अर्बमा बन्न सक्ने जानकारी दियो । तर, मन्त्रालयलेयो परियोजना पनि महंगो पर्ने भन्दै अघि नबढाउने बताए थियो, जसका कारण निकै चर्चा भएको सडक विस्तारको योजना अलपत्र बन्नपुग्यो ।सरकारसँग पटक–पटक वार्ता गर्दा पनि तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना अघि बढाउन नसकिनेबताएका थिए । त्यसपश्चात आयोजनामा जापानको सहयोग लिने सरकारी योजना नै तुहिएको अधिकारीहरु बताउँछन् ।

तत्कालीन मन्त्री रघुवीर महासेठले यो आयोजना सरकार आफैंले बनाउने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । आफू लगानीगर्न तयार भएको आयोजनामा मन्त्रीको गौण चासो देखेको भन्दै जाइका पछि हटेको थियो ।

सरकारले जाइकालाई कलंकी–नागढुंगाको बाटोको उदाहरण दिंदै सस्तोमै सडक विस्तार गर्न सकिने उदाहरण पेश गरेको थियो ।त्यसबाट झनै जाइका रुष्ट बनेको अधिकारीहरु बताउँछन् ।

नागढुंगाको बाटो बन्दाबन्दै भत्किएको थियो । जाइकाले कोटेश्वर–सूर्यविनायक खण्डजस्तै स्तरीय र ३५ वर्षसम्म टिक्ने खालको सडकबनाउन प्रस्ताव गरेको थियो । तर, सरकार अहिले आफैं डीपीआर बनाइरहेको छ । यो खण्डको सडम सीमाभित्र रहेका संरचना हटाउनसकड विभागले सुचना जारी गरिसकेको छ ।सूर्यविनायक–धुलिखेल सडक अरनिको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाटचीनसँगको तातोपानी नाका र वीपी राजमार्ग जोडिन्छ ।

यो खण्ड विस्तार भयो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो हुनेछ । यो सडक स्तरोन्नतिपछि अरनिको र बीपीराजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

यो सडक ८ लेनमा विस्तार भएपछि धुलिखेलको पर्यटन प्रवर्द्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -