चितवन : श्रीमतीले अचानो प्रहार गर्दा भरतपुरमा ५६ वर्षीय टीकाराम विकको मृत्यु भएको छ। घरायसी विवादमा भरतपुरमहानगरपालिका-२१ बस्ने ५४ वर्षीय बिनमाया विकले श्रीमान टीकारामलाई अचानोले हानेकी थिइन्।
टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ताडीएसपी नरहरि अधिकारीले बताए। भित्रबाट चुकुल लगाइएको कोठामा खुट्टाले भुँइमा टेकेर टाउको र जीउको भाग खाटमा घोप्टो परेरमृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो।
बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोष्टमार्टमको लागि टीकारामको शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।








































