Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:०९:१३ राति
- ADVERTISEMENT -

क्रिप्टोकरेन्सी कारोबार आरोपमा पक्राउ परेका व्यक्तिसँग ६ लाख धरौटी माग

प्रकाशित मिति: २०७९ साउन २४, मंगलबार

435
Shares

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक जनासँग ६ लाख धरौटी माग गरिएको छ। 

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रे मण्डनदेउपुर गाउँपालिका-७ का २८ वर्षीय विश्वराम श्रेष्ठसँग जिल्लाअदालत काठमाडौंले ६ लाख रूपैयाँ धरौटी माग गरेको हो। 

गत असार ३२ गते आफ्नो बैंक खाताबाट अचानक रकम ट्रान्सफर भएको भन्दै जीवनराम उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकाथिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गर्दा उनको रकम विश्‍वरामको खातामा जम्मा भएको देखिएको थियो। 

त्यसपछि प्रहरीले साउन १ गते नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान गर्दा उनले क्रिप्टोकरेन्सीकारोबार गरिरहेको देखिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार यस कारोबारमा अर्का एक जना व्यक्ति पनि संलग्न छन्। उनी दुबई बस्ने ज्ञानबहादुर श्रेष्ठ हुन्। उनले वैदेशिक रोजगारमाकाम गरिरहेका व्यक्तिहरूलाई भेला पारेर पैसा जम्मा गर्ने गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

मैनालीका अनुसार ज्ञानबहादुरले आफूले बैंकभन्दा सस्तोमा रकम नेपाल पठाइदिने भनेर वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाईभन्थे। सो पैसाको उनले पनि क्रिप्टो नै किनेर विश्वरामको क्रिप्टोकरेन्सी बाइनेन्सको खातामा पठाइदिने गरेको प्रहरी उपरीक्षक मैनालीलेबताए। 

फेरि सोही क्रिप्टोकरेन्सी बिक्री गरी ज्ञानबहादुरले टिपाएका बैंक खाताहरूमा रकम जम्मा गर्ने गरेको खुलेको हो। 

यसमा अनुसन्धान सकेर परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। त्यहाँबाटकाठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी मंगलबार धरौटी माग गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए। 

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार निषेध छ। विदेशमै रहेका नेपालीहरूले पनि क्रिप्टोको कारोबार गर्नु गैरकानुनी मानेको छ। नेपालराष्ट्र बैंक र प्रहरीले यसमा नलाग्न पटकपटक अनुरोध गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -