गोरखा श्रावण २४
यति बेला भने गोरखा क्षेत्र नं १ कॉंग्रेस र माओवादी दुबैको चासोको बिषय बनेको छ । पछिल्लो स्थानीय चुनाव को नतिजामा केहीअगाडी देखिएको माओवादीले पाटीको तर्फबाट शिर्ष नेता उठाउने दाउमा छ भने कॉंग्रेस तर्फ बाट गठबंधन भएमा क्षेत्र नं १ नै बढीरोजाईको को बिषय बन्ने देखिन्छ , यस अघिको चुनाव मा , एमाले र माओवादीको गठबंधनको कारण कॉंग्रेस पराजय भएको थियो भनेअर्को क्षेत्र नं २ मा बाबुराम भट्टराईलाई कॉंग्रेसले सहयोग गरेको थियो ।
माओवादीसंग गठबंधन भएको खण्डमा क्षेत्र नं १ माओवादी क्षेत्र नं २ कॉंग्रेस को उमेदवार हुने सम्भाबना पनि बढी देखिन्छ , क्षेनं १ मामाओवादी को तर्फ बाट प्रचण्ड को चर्चा पनि हुदैं आएको छ , भने क्षेत्र नं २ बाबुराम भट्टराई को क्षेत्र भएको कारण, यदि भट्टराईकोपाटीलाई गठबंधनमा ल्याईयो भने क्षेत्र नं १ कॉंग्रेस को हातमा पर्न पनि सक्छ । त्यसै कारण यसै भन्न नसकिने कॉंग्रेस जिल्ला शिर्षनेताहरु बताउछन ।
क्षेत्र नं १ मा कॉंग्रेस तर्फ बाट केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ ले पनि आफ्नो ईच्छा प्रकट गरेका भएपनि, अघिल्लो चुनाव समेत गरीपटक -पटक पराजित भएको हुन भने अहिले यदि गठबंधन भएमा उनको पनि बलियो दावा रहने छ भने , अघिल्लो चुनाव मा प्रदेश (ख ) बाट नेकपा गठबंधन पराजित भएका युवा नेता तथा ब्यवसायी राजेन्द्र बजगाई पनि क्षेत्र नं १ संघीय सांसद मा आफ्नो दाबी रहनेबताएका छन् , उनि कॉंग्रेस नेता शेखर कोईराला संग नजिक छन ।
त्यसै गरी युवा ब्यवसायी, प्रेमकुमार खत्री पनि सामाजिक संजाल मार्फ़त आफ्नो दावी प्रस्तुत गरेका छन भने उनी कॉंग्रेस महासमितिसदस्य हुन ,अर्का नेता कॉंग्रेस गण्डकी प्रदेश महामंत्री किरण बाबु श्रेष्ठ ले पनि आफु स्वाभाविक उमेदवार भएको बताएका छन ।
प्रदेश तर्फ भने , क्षेत्र नं १ (क)मा , कॉंग्रेस जिल्ला पाटी उपसभापति घिरन थापा ले आफ्नो दावा प्रतुत गरेका छन् उनि अघिल्लोनिर्वाचनमा नेकपा गठबंधन संग पराजित भएका थिए ।
उमेदवार को दावी गर्नेहरुमा , जनार्दन अर्याल, भूगोल थापा, कृष्ण आले , जनुका पन्त , कमला लामिछाने , बिनाकुमारी श्रेष्ठ , बिश्वदेबश्रेष्ठ,लगाएतका नेताहरु छन ।
प्रदेश क्षेत्र नं १ (ख) नेपाली कॉंग्रेस गोरखा जिल्ला पाटी सभापति नन्द प्रसाद न्यौपानेले आफ्नो दाबी प्रस्तुत गरेका उनी गत पाटीअधिवेशन मा सभापति मा निर्विरोध निर्वाचित भएका थिए भने युवा नेता न्यौपाने युवाहरुमाझ लोकप्रिय पनि छन , त्यसै गरी प्रदेश तर्फ , पुराना नेता डिल्ली राम तिमल्सेना, ईश्वर पाण्डे युवानेताहरु पुर्ण दाहाल, युबराज बस्ताकेटी, ठाकुर भट्ट , जनजाति नेता जगत बराम , महिला नेत्री बिनु वाग्ले लगायतको दावी रहेको छ ।
यसरी हेर्ने हो भने गोरखा मा स्थानीय निर्वाचन मा पाटी पराजित को कारण ले बढेका तिक्तता चिर्न पनि कॉंग्रेसले गठबंधन गर्नु पर्नेदेखिन्छ । गठबंधन भएमा कॉंग्रेस र माओवादी ले बलियो पकट भएको गोरखा मा गठबंधन ले जित्ने प्राय निश्चित भएको ले निर्वाचन माटिकटको लागी बढि घम्सा घम्सी हुने देखिन्छ भने गठबंधनले गर्ने टिकट बितरण को कारण कुन क्षेत्र आफ्नो भागमा पर्ने त्यसलेपनिउत्तीकै अन्योल उमेदवारी दावा गर्ने हरुलाई परेको छ ।








































