काठमाडौं, २४ साउन । काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौं महानगरले दिएको २४ घण्टेअल्टिमेटम पालना गर्न नसकिने बताएको छ ।महानगरले अवैध रुपमा बनाएका संरचना हटाउन हिजो (सोमबार) २४ घण्टाको अल्टिमेटमदिएको थियो । महानगरले २४ घण्टा अल्टिमेटम दिएको भोलिपल्ट आज (मंगलबार) नर्भिकले पत्रकार सम्मेलन गरेर महानगरकोनिर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने स्पष्ट पारेको छ ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पत्रकार सम्मेलन गर्दै तत्काल टहरा हटाउन नसकिने जनाएका हुन् । उनले २०६५ जेठ १गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युतवितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेकोले२४ घण्टाभित्र खाली गर्न नसकिने बताए ।









































