काठमाडौं, २४ साउन । सिंहदरबारमा नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका छन् । असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दैउनीहरुले आज (मंगलबार) सिंहदरबार परिसरभित्र प्रदर्शन गरेका हुन् ।
हिजो उनीहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलबबढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।








































