गोरखा जिल्ला उत्तरी भेग बारपाकलाई केन्द्रविन्दू बनाएर अहिले भीषण बर्षा भइरहेको छ । सोमबार अपराह्न चारबजेदेखि साँझ छबजेसम्म भीषण बर्षा भएको स्थानीय मनु तामाङले जानकारी दिए ।
उनका अनुसार भीषण बर्षापछि दरौँदी नदीमा ठूलो बाढी आएको छ । बाढीले बालुवाको पक्की पुल जोखिम बनाएको छ । गतबर्षबाढीले भत्काएको ठाउँमा लगाएको तारजाली अहिले पनि सो बाढीले भत्काउने प्रयास गरिरहेको उनले बताए ।
यसैबीच गोरखाको बारपाक र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले दरौंदी नदी र अन्य ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जान सक्नेभएकाले तटीय क्षेत्रमा हुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।








































