काठमाडौं । पार्टीको कार्यक्रमका लागि रौतहट जाने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चढेकोहेलिकप्टर सिमरा एयरपोर्टमा आकस्मिक अवतरण भएको छ ।
हावाहुरीका कारण सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको बारा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए । करिबआधा घण्टा विमानस्थलमै रोकिएपछि ओली रौतहट प्रस्थान गरेका उनले बताए ।








































