गोरखा,श्रावण २२/राष्ट्रिय स्तन्त्र पार्टीले साउन २३ गते गोरखा जिल्लामा भेला गर्ने भएको छ । सञ्चारकर्मी रवि लामिछाने नेतृत्तवकोराष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको होटल मिराकलमा सोमबार भेला गर्ने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भोली विहान ११: ३० मा होटल मिराकल गोरखामा भेला गर्ने जानकारी दिइएको छ । लामिछानेले असार १७शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । पार्टीविरुद्ध परेको दुई उजुरीलाई पनि आयोगले खारेज गरेको थियो। पार्टीको चुनाव चिह्न घण्टी हो।
आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा सबै दलहरु चुनाव प्रचार गरि रहेका छन् । यसै गरीराष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्ला जिल्लामा भेला गर्दै आएको छ ।








































