काठमाडौ । तारकेश्वर शैक्षिक मञ्चको दोस्रो अधिवेशन बाट अध्यक्षमा स्प्रींग भ्यालि का प्रिन्सिपल नवराज न्यौपाने चयन भएका छन।शुक्रबार तारकेश्वर ६ मा अवस्थित काठमाडौ रिभर साईट रिसोर्टमा भएको दोस्रो अधिवेशनले सर्वसहमतीमा नेत्रित्व चयन गरेको हो ।
त्यस्तै मन्चका अन्य पधाधिकारि हरु मा उपाध्यक्षमा झनक राज शर्मा, सचिवमा अबसर पौडेल, कोषाध्यक्षमा रामेश्वर सिंखडासदस्यहरुमा सुमन श्रेष्ठ ,विराज कुमार राई रेमकान्त पाठक गरि ७ सदस्यीय कमिटी चयन भएको हो । तारकेश्वर शैक्षिक मञ्चतारकेश्वर नगर भित्र सस्थांगत विधालयको सगंठन हो यसको हरेक २ वर्षमा अधिवेशन हुने गर्दछ।शैक्षिक मन्चमा २३ वटा स्कुलहरुआबद्व छन् ।








































