Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:३७ बिहान
- ADVERTISEMENT -

गठबन्धन संबिधान बिपरित हो एमालेलाई हराउन पाइँदैन : भीम रावल

प्रकाशित मिति: २०७९ साउन २०, शुक्रबार

383
Shares

काठमाडौं, २० साउन । नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनकादलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरित भएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीतहुने बताएका हुन्। उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीतसिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने बताए। आगामीनिर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनकोभनाइ छ।

उनले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडीसारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालकोसंविधानको धारा २६९ को विरुद्धमा छ। यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ।‘

एमाले नेता डा रावलले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एकठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशसभाको निर्वाचन गर्ने मितिबारे बिहीबार निर्णय गरेकोथियो।

निर्वाचनको मिति सार्वजनिक भएसँगै शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ दलको गठबन्धन बैठकले आगामी निर्वाचनमा पनि तालमेलगरेरै अघि बढ्ने सहमति गरेको छ। यो सहमतिसँगै सिट बाँडफाँटबारे सहमति जुटाउन कांग्रेसबाट ३ जना र अन्य दलहरूबाट २-२ जनागरी ११ सदस्यीय कार्यदलसमेत गठन गरेको छ।

वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा पनि गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए।

उनीहरूको तालमेलसँगै एमालेलाई २२० सिटमा खुम्चिन पुगेको छ। एमालेले स्थानीय निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउननसकेको समीक्षा गरेको छ। अबको निर्वाचनमा पनि गठबन्धन कायमै रहेमा एमालेलाई धक्का हुनसक्ने विश्लेषण जनमानसमा हुनथालेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -