साउन १९– नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । बुधबारउनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्ता अर्थपूर्ण रहेको गगन थापाले सामाजिक सञ्जालमा बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो काठमाडौँमहानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भयो।काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ।’








































