गोरखा श्रावण १७ ,भिमसेन थापा गॉंउपालीका को २०७९/८० को बजेटमा जनयुद्व संग्रहालय र सहिद स्मारकको नाउँमा गॉंउपालिकाप्रमुख लोक प्रसाद बन्जाराले आफ्नै वडा मा १० -१० लाख गरी २० लाख बजेट बिनियजन गरेका छन् भने पालीका प्रबेश गेट र हरेकवडामा माओवादी द्वन्द कालका सहिदको नाममा गेट देखि उधान सम्मको योजना अधि सारेका छन् ।
साथै भिमसेन स्मारक संग्रहालय निर्माण गर्न समेत बिनियोजन गरेको बजेट हेर्ने हो भने ४८ लाख भन्दाबढि बजेट विनियोजन भएकोदेखिन्छ ।
सो गाउँपालिकामा माओवादी बाट गॉंउपालीका अध्यक्षमा लोक प्रसाद बन्जारा निर्वाचित भएका थिए भने कॉंग्रेस बाट अमृता वस्तीउपाध्यक्षमा निर्वाचित भएकी थिईन । बजेट अध्यक्ष ले ऑंफुखुशि बिनियोजन गरेको भन्दै कॉंग्रेस ले बहिष्कार समेत गर्दै आएको थियो। यति मात्रै होइन करारका कर्मचारी निस्कासनको बिषयलाई लिएर पनि अध्यक्ष र उपाध्याय बिच द्बन्द बढन थालेको छ ।











































