Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:३८ बिहान
- ADVERTISEMENT -

देउवाको ज्योतिषीको सल्लाह : चुनावमा लागि ४ मंसिर उत्तम

प्रकाशित मिति: २०७९ साउन १७, मंगलबार

454
Shares

मंसिर १० पछि शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला, मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन ।मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ’ प्रधानमन्त्रीका ज्योतिषी सुरेशचन्द्र रिजालले भने ।

१७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागिमंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।

मंसिर पहिलो साता निर्वाचनको लागि उपयुक्त रहेको रिजालले अनलाइनखबरलाई बताए । ‘मंसिर १० पछि शुक्लपक्षको समय छ ।त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला’, उनले भने, ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ। त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।’

मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएकोकार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।

अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रोहुन्छ’, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ ।

असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । सोही छलफलमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् ।आयोगका पदाधिकारीसँगको छलफल अघि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित आफू निकट नेताहरुसँग छलफलगरिसकेका थिए । त्यस क्रममा निर्वाचनको साइतको विषयमा पनि छलफल भएको स्रोतको दावी छ ।

आयोगका पदाधिकारीसँगको छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृह सचिवकै धारणामासहमति जनाएका थिए । मंसिर २ शुक्रबार मुस्लिम समुदायको नमाज पढ्ने दिन हुनाले दुई दिन पछि सार्न उपयुक्त हुने उनीहरुको सुझावथियो । प्रधानमन्त्री देउवाले पनि मिति घोषणाका क्रममा एक÷दुई दिन यताउता भए अन्यथा नलिन आयोगका पदाधिकारीलाई आग्रहगरेका थिए ।

निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्नुमा प्रधानमन्त्री पत्नी आरजु राणा उपचारका क्रममा भारत रहनु तथा अर्थमन्त्रीको पुनर्बहालीलाईपर्खनु पनि कारण रहेको स्रोतको दाबी छ । आइतबार आरजु स्वदेश फर्केकी छन् भने जनार्दन शर्माले अर्थमन्त्रीमा पदबहाली पनि सोहीदिन गरेका छन् ।

सरकारले सोमबार निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको थियो । तर, मन्त्रिपरिषद्को नियमित बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद्कोबैठकले निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवाका विश्वासपात्र तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रेस युनियनको कार्यक्रममा बोल्दा मंसिर ४निर्वाचन हुने बताइसकेका छन् ।

प्रधानमन्त्री देउवाले विगतमा पनि महत्वपूर्ण निर्णय रिजाललाई शुभ साइत हेराएर लिने गरेका छन् । २०७४ कात्तिक ३० गते धनगढीमापत्रकारहरुसँगको कुराकानीमा देउवाले ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने बताएको उल्लेख गरेका थिए ।

देउवाले प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्रीको निवासमा सर्ने तथा विश्वासको मत लिने दिन र समय पनि ज्योतिषी रिजालले साइत हेरेरतय गरेका थिए । २०७८ को असार २९ मा शपथ लिन रिजालले अपरान्ह ३ ः ३७ देखि ५ः१७ को समय उत्तम रहेको सुझाव दिएकाथिए ।

ज्योतिषी तथा वास्तुविद् रिजाल यो गठबन्धन २०८१ सालसम्म रहने दावी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -