तारकेश्वर नगरपालिका २ मा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । हत्या पछि आत्म हत्या गरेको हुनसक्ने जनाएको छ ।
नगरपालिकाका उपमेयर सृजना बुर्लाकोटीका अनुसार मृतक दिनेश पाण्डेले सुरुमा श्रीमतीको हत्या गरेको र त्यस पछि पालै पालो छोरा छोरीलाई धारिलो छुरीले हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने बताईन् ।








































