Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:५४ बिहान
- ADVERTISEMENT -

हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गर्‍यो: प्रदीप पौडेल

प्रकाशित मिति: २०७९ साउन १२, बिहीबार

432
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्।

हलो क्रान्ति सुरूवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधबार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताए।

दुराडाँडाका तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त पौडेललगायतले हलो क्रान्ति सुरूवात गरेका थिए। वि.सं. २००४ देखि नै यो अभियान सुरू भए पनि अनौ समातेर हलो जोत्ने काम भने २००६ साउन ११ मा भएको मानिन्छ। त्यसबेला शेषकान्तले आफ्नो खेतमा अनौ समाएर हलो जोतेका थिए।

लमजुङ हुँदै हलो क्रान्ति कास्की, गोरखा, तनहुँमा समेत पुगेको थियो। त्यसबेला हलो क्रान्तिले राणा शासनको विरोधसमेत गरेको थियो।

हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले बुधबार दुराडाँडामा गरेको कार्यक्रममा बोल्दै पौडेलले चेतनशील यस ठाउँको विकास निर्माणमा सरकारले ध्यान पुर्‍याउन नसकेको बताए।

‘समाज परिवर्तनका लागि त्यसबेला यहाँ हलो क्रान्ति भएको थियो। यहाँ हलो जोतेपछि त्यसले नेपालका धेरै जिल्लामा हलचल ल्यायो,’ पौडेलले भने, ‘समाज सुधार गर्न र सामन्तवादविरूद्ध लड्ने त्यसबेला तोयानाथहरू थिए। भलै उनीहरू कांग्रेस थिए। तर यो कांग्रेसको मात्र अभियान भने थिएन।’

हलो क्रान्तिलाई सुरूमा कांग्रेसले केन्द्रीय कार्यक्रम नबनाएको र पछि मात्रै आत्मसाथ गर्दै यो अभियानलाई निरन्तरता दिन खोजेको देखिएको उनी बताउँछन्। ‘हलो क्रान्ति प्रभावकारी बन्दै गएपछि कांग्रेसले देशभर सञ्चालन गरेको थियो। यो क्रान्ति राणाविरोधी आन्दोलन पनि थियो,’ पौडेलले भने, ‘यसले राजनीतिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरेको छ।’

हलो क्रान्ति भएको ठाउँको प्रचार हुन नसकेको पनि उनले बताए। यहाँको विकासका लागि प्रचार तथा दवाव सिर्जना गर्न उनले स्थानीयलाई पनि आग्रह गरेका थिए।

‘गुरूयोजना बनाई यस ठाउँको विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारले काम गर्नुपर्दछ,’ उनले भने, ‘स्थानीयस्तरबाट पनि हलो क्रान्तिका महत्वपूर्ण घटना समेटेर एउटा ‘डकुमेन्ट’ तयार गर्नुपर्दछ।’

लमजुङकै नेता पृथ्वीसुब्बा गुरूङ गण्डकी प्रदेशमा यसअघि मुख्यमन्त्री भए पनि हलो क्रान्ति सुरू भएको ठाउँको विकासमा ध्यान नपुर्‍याएको उनले बताए। ‘मैले उहाँलाई आक्षेप लगाउन खोजेको त होइन तर यस ठाउँको विकास गर्न यहीँका नेताले पहल गर्नुपर्ने हो,’ उनले भने, ‘यहाँको महत्व सबैभन्दा बढी यहीँका नेताले बुझेको हुनुपर्ने!’

समुदायमा रहेका विभेदलाई हलो क्रान्तिले हल गरेको पनि उनले बताए। यसैबीच पौडेलले हलो क्रान्तिका अभियन्ताहरूको स्मरणमा बनाइएको नामावली स्तम्भको पनि उद्घाटन गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -