Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:४५ बिहान
- ADVERTISEMENT -

चक्रवर्ती ल क्याम्पस तनावग्रस्त

प्रकाशित मिति: २०७९ साउन १०, मंगलबार

719
Shares

शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलनका कारण विजुलीबजारस्थित चक्रवर्ती ल कलेजमा बिहानैबाट तनावग्रस्त बनेको छ ।
चक्रवर्ती ल कलेजमा ७९/८० को लागि लिईएको भर्नामा अत्यधिक रुपमा कानुनकै कलेजमा कानुनको कुनै पनि मापदण्ड पालना नगरी बढाईएको शुल्कको विषयमा विधार्थीहरुले शान्तिपुर्ण रुपमा धर्ना कार्यक्रम गरेका थिए । करिब ११ बजे तिर बिजुलीबजारमा रहेको यस कलेजमा प्रहरीले विधार्थीमाथी लाठी प्रहार गरि भिडलाई कलेज क्षेत्रबाट तितरबितर पारेको थियो यस बिचमा प्रहरी र विधार्थीहरुबिच झडप हुँदा नेपाल ल क्याम्पसका मनोमोहन भट र चक्रवर्ती ल कलेजका तिन जना अभिनब सिह राठोर , सफल के.सि र दिर्ख रोकाय घाइते भई शिभिल हस्पिटलमा उपचाररत छन् भने चक्रवर्ती ल कलेजका तीन विद्यार्थीहरुलाई प्रहरीले हिरासतमा लिएको छ।

कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थी आन्दोलित बनेका हुन् । नेविसंघ र अखिलले संयुक्तरूपमा गरेको आन्दोलनका कारण कलेजमा तीन दिनदेखि पठकपाठन हुन सकेको छैन ।

आन्दोलित विद्यार्थीले गत आइतबार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । हिजो सोमबार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तामा कलेजले ५० हजार मात्रै शुल्क घटाउन तयार रहेको बताएपछि सहमति हुन सकेन ।

माग पूरा गराउन दबाब दिँदै आज पनि विद्यार्थीले कलेजको एकाउन्ट सेक्सनमा तालाबन्दी गरे । तर, कलेज प्रशासनले प्रहरी बोलाएर ताला फोडेको थियो । त्यसको विरोधमा विद्यार्थी थप आन्दोलित बनेका छन् । आक्रोशित विद्यार्थीले क्याम्पसमा सामान्य तोडफोडसमेत गरेका थिए । आन्दोलन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ । त्यसक्रममा आधादर्जन विद्यार्थी घाइते भएका छन् ।

प्रहरीले कलेजका तीन विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल अध्यक्ष नरेशसिंह धामी, नेविसंघका सचिव राजेन्द्र रोकाया र सुरज रेग्मी छन् ।

यसैबीच कलेजमा तस्बिर खिच्न गएका एक पत्रकारलाई सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन् । उनले कलेजमा फोटो खिच्न रोक लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -