त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले संचालन गर्ने हरेक परीक्षा मर्यादित र विश्वसनिय हुनुपर्छ भन्ने ने. वि. संघ उपत्यकाका व्यवस्थापन संकायका सम्पुर्ण क्याम्पसहरुको ठहर गर्दै त्रिभुवन विश्वविध्यालय द्वारा गठित छानविन समितिका संयोजकलाई ने.वि. संघ स्वागत गर्दै व्यवस्थापन संकायको परीक्षा लापरबाहीमा व्यवस्थापन संकायकै प्रध्यापक भएको कारणले त्यस छानविन समिति माथि विश्वसनियताको प्रश्न उठ्ने भएको कारणले नयाँ छानविन समिति गठन गरी अहिले सम्म व्यवस्थापन संकाय वि.वि.ए तर्फको मिति २०७९–०३–२२ गते र २४ गते भएको परीक्षा र विगतमा पनि पटक पटक परीक्षामा गैरजिम्मेवार, संकास्पद तथा लापरवाही पूर्ण कदम प्रति विश्वबिध्यालय माथी प्रश्न उठेको छ यस्तो लापरबाहीपूर्ण कार्यमा संलग्न सम्पूर्णलाई कारबाही गर्न ने.वि संघले माग गरेको छ ।
विश्वबिध्यालय सुधार तथा कार्यकारीहरुको लापरबाही बिरुद्द ने.वि संघ उपत्यकाका व्यस्थापन संकायका सम्पूर्ण क्याम्पसहरु द्वारा मिति २०७९–०३–२७ गते व्यस्थापन संकायमा तालाबन्दी समेत गरेको थियो । सो तालाबन्दी कुनै पनि विद्यार्थीहरुलाई समस्या पार्ने हेतु नरहेको जानकारी गराउँदै ।विगत केही दिन देखी गरिएको ताला बन्दीले विद्यार्थीहरुमा पर्न गएको समस्याहरु (परीक्षा, थेसिस, ख्ष्खब) लाई अप्ठ्यारो पर्यो भनि नेपाल विद्यार्थी संघलाई गरेको गुनासोलाई मध्यनजर गर्दै व्यवस्थापन संकायमा गरिएको ताला बन्दी विद्यार्थीहरुको लागी सहजीकरण गर्ने हेतु सहित ताला खोली व्यवस्थापन संकायका पदाधिकारीहरुको कोठामा मात्र ताला बन्दी सहित विद्यार्थीको काम सहजीकरण गर्न ध्यानाकर्षण गराएको छ ।








































