- ADVERTISEMENT -

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

July 5, 2022
722
Shares
- ADVERTISEMENT -

चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्यादआइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ ।जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागिआवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? 

नरेश पौडेल : 

- ADVERTISEMENT -

Advertisement

तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाकारको रुपमा सक्रिय छन् नरेश पौडेल । २०४९सालमा ‘अपराध’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका उनले ८ वटा फिल्म बनाएका छन् । थुप्रै फिल्ममा अभिनय गरेका उनी प्रोडक्सन हुँदैफिल्म क्षेत्रमा भित्रिएका हुन् । 

बलिउड फिल्म ‘लभ इन नेपाल’ समेत निर्देशन गरेका उनले भारतीय केही टेलिसियल  पनि निर्देशन गरेका छन् । राष्ट्रिय नाचघरकोजिएम भएर कार्य गरेको अनुभव समेत सँगालेका उनी ५, ६ भाषामा दक्खल राख्छन् । 

विकास बोर्ड अध्यक्षको जिम्मेवारी आफूले पाए चलचित्र पर्यटनको विकास, अन्तरराष्ट्रिय क्षेत्रका नेपाली फिल्मको प्रदर्शन लगायतमाकाम गर्ने पौडेलले बताए । उनीसँग पर्यटन क्षेत्रको समेत अनुभव छ ।

अरुणकुमार प्रधान : 

२०४६ मा काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्ती पारेर सडक नाटक ‘अँध्यारोको आवाज’ निर्देशन रअभिनयबाट कलायात्रा थालेका हुन्  अरुणकुमार प्रधान । स्व. गिरिजाप्रसाद कोइरालाको चुनावी अभियानमा पनि उनी सक्रिय थिए ।सडक तथा स्टेज नाटक, टेलिश्रृंखला, वृत्तचित्र, म्युजिक भिडियो हुँदै चलचित्रमा अभिनय, लेखन, निर्देशनमा समेत सक्रिय प्रधान चलचित्रविकास बोर्डको विभिन्न समितिमा रहेर समेत काम गरेका छन् । 

२०१८ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘निफ’ फिल्म फेस्टिभलमा याक्खा भाषाको चलचित्र ‘ओम्ला’ बाट बेस्ट डाइरेक्टरकोअवार्ड उनले हात पारेका थिए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको चुनावी क्षेत्रका स्थायी बासिन्दा उनी काँग्रेसभित्र पनिप्रभावशाली मानिन्छन् ।

भुवन केसी : 

नेपाली फिल्म क्षेत्रका सदावहार अभिनेता हुन् भुवन केसी । गायन हँुदै फिल्म ‘जुनी’ बाट अभिनयमा भित्रिएका उनले थुप्रै सुपरहिटफिल्म दिएका छन् । पछिल्लो समय अभिनयको अलावा फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय उनी पुराना पुस्ताका अभिनेता भएपनिअहिले पनि उत्तिकै फिट देखिन्छन् । 

एमालेबाट हालै नेपाली काँग्रेसमा प्रवेश गरेका उनी बोर्ड अध्यक्ष पद बार्गेनिङ गरेरै काँग्रेस प्रवेश गरेको चर्चा छ । ओली सरकारकोपालामा पनि उनले बोर्ड अध्यक्ष दावी गरेका थिए । 

उनका रियल प्रेम र रोमान्सका किस्सा समेत बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । केसीलाई बोर्ड अध्यक्षका लागि नेपालीकाँग्रेसका नेता इन्द्र बाँनियाले पहल गरिरहेको चर्चा छ । 

सुशील पोखरेल : 

नेपाली फिल्म क्षेत्रका ब्यवसायी निर्माता हुन् सुशील पोखरेल । ‘मैदान’ फिल्ममा सहनिर्माताको रुपमा भित्रिएका उनी पछिल्लो समयमाराम्रो निर्माता हुन् । ‘जीवन दाता’, ‘जय शिव शंकर’, ‘बडीगार्ड’, ‘निगरानी’, ‘लभसव’ लगायत फिल्म निर्माण गरेका उनले  पछिल्लोसमय निर्माण गरेको फिल्म ‘यात्रा’ हो । फिल्म निर्माणको अलावा अभिनयमा समेत सक्रिय उनी फिल्म वितरक कम्पनी एपडीका अध्यक्षपनि हुन् । 

सम्झना रौनियार उप्रेती : 

नेपाली काँंग्रेसकी महासमिति सदस्य समेत रहेकी सम्झना रौनियार उप्रेतीसँग नेपालसँगै मुम्बई फिल्म नगरीमा काम गरेको अनुभव छ ।फिल्म निर्माण, निर्देशनदेखि इभेन्ट म्यानेजर र पत्रकारितासम्मको यात्रामा रहेकी उनले पछिल्लो समय ‘मेघा’ र ‘फागु’ फिल्म निर्देशनगरेकी छन् । 

भारतीय फिल्ममा सहायक निर्देशक र टेलिफिल्ममा काम गरेको अनुभव सँगालेकी उनी दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममासक्रिय छिन् । बोर्डको नेतृत्व गर्ने अवसर पाए फिल्मकर्मीका रूपमा आफूले भोगेका समस्या समाधान गर्ने उनी बताउँछिन् ।

दीपक श्रेष्ठ : 

निर्माता, निर्देशक, लेखक तथा सञ्चारकर्मी हुन् दीपक श्रेष्ठ । तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय उनी एकसमय बिकाउ निर्देशक थिए । करिब तीन दर्जनको हाराहारीमा फिल्म निर्देशन गरेका उनका गाउँले, आमाको आर्शिवाद, अजम्बरी माया, हिम्मत, जीवन साथी, आफ्नोपन, भाइ भाइ भाइ, कृष्ण अर्जुन, पहिलो पहिलो माया, पापी मान्छे, पर्खी बसेंजस्ता फिल्म हिट छन् । 

रेडियो एनआरएन कार्यक्रम सञ्चालन गरी सञ्चार क्षेत्रमा समेत चिनिएका उनले पछिल्लो समय निर्देशन गरेको फिल्म ‘घिन्ताङ’ प्रदर्शनको तयारीमा छ ।  थुप्रै म्युजिक भिडियो, विज्ञापन चलचित्र समेत श्रेष्ठले निर्देशन गरेका छन् ।

सुचित्रा श्रेष्ठ : 

नेपालको पहिलो महिला फिल्म निर्देशक हुन् सुचित्रा श्रेष्ठ । २०४७ सालदेखि टेलिसिरियल लगायतका विभिन्न प्रोजेक्टमा काम गर्दैआएकी श्रेष्ठले २०५८ मा ‘प्रेमयुद्ध’ फिल्ममार्फत् निर्देशनमा डेब्य्र गरेकी थिइन् । त्यसपछि ‘अभियुक्त’ लगायत करिब आधा दर्जन फिल्मनिर्देशक गरेकी श्रेष्ठले ४० भन्दा बढी सिरियल निर्देशन गरेकी छन् । नेपाली काँग्रेस निकट नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यसमेत रहेकी उनी यसको संस्थापक सदस्य पनि हुन् ।

नेपाल चलचित्र निर्देशक समाजमा संस्थापक सदस्यबाट, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष समेत भएकी उनी नेपाल प्रेस युनियन रनेपाल पत्रकार महासंघमा समेत रहेर काम गरेकी छन् । पछिल्लो समय उनी बिभिन्न टेलिभिजनका लागि मनोरञ्जन सामग्री उत्पादनमाब्यस्त छिन् । 

यस अगाडि दुई पटक बोर्डको अध्यक्षका लागि टप थ्रि भित्र पर्न सफल उनी यो पटक आफूलाई विकास बोर्ड अध्यक्षको जिम्मेवारी दिएचलचित्रचित्रकर्मी र राज्यको हितका खातिर काम गर्ने बताउँछिन् । 

सुष्मा कार्की : 

चलचित्र तथा टेलिचित्रमा चरित्र अभिनेत्रीको रुपमा चर्चित कलाकार हुन् सुष्मा कार्की । २०५४ सालमा निर्माण भएको ‘प्रेमपथ’ फिल्मबाट अभिनय यात्रा थालेकी कार्कीले अहिलेसम्म ६० बढी फिल्म, करिब एक दर्जन सिरियल र त्यसकै हाराहारीमा म्युजिकभिडियोमा अभिनय गरेकी छन् ।

चलचित्र कलाकार संघकी आजीवन सदस्य समेत रहेकी कार्की नेपाल सांस्कृतिक संघकी संस्थापक केन्द्रीय सदस्य, महामन्त्री हँुदैअध्यक्षमा समेत उठेकी थिइन् । विभिन्न सामाजिक तथा नेपाली काँग्रेसका थुप्रै संघसंस्थामा आवद्ध रहँदै आएकी उनले चलचित्र विकासबोर्ड अध्यक्षका लागि निवेदन दिएको यो तेस्रो पटक हो । 

यो पटक पनि अध्यक्ष नभए आफू अब प्रयास नगर्ने कार्कीले बताइन् । ‘म योग्य हुँदाहँदै पनि पटक पटक फालिन्छु भने त्यस्तो ठाउँमाफेरि निवेदन दिनु भनेको आफ्नो अपमान गर्नु हो,’ कार्कीेले भनिन् । काँग्रेस परिवारकी कार्की नेपाल काँग्रेस राजनीतिमा २०४६सालदेखि होमिएकी हुन् ।

निर्मलराज ढकाल : 

संगीत तथा टेलिभिजन कार्यक्रम उत्पादनमा सक्रिय ब्यक्ति हुन् निर्मलराज ढकाल । उनी संगीत उद्योग संघ र रोयल्टी उद्योग संघका पूर्वअध्यक्ष पनि हुन् । कानुन ब्यवसायीसमेत रहेका उनी नेपाल टेलिभिजनको चिया गफ कार्यक्रमका निर्माता पनि हुन् । 

मनिष पण्डित : 

मनिष पण्डित फिल्म निर्माता  हुन् । एक समय अभिनेत्री नम्रता श्रेष्ठका सल्लाहकार रहेका उनले निर्माण गरेको फिल्म ‘कायर’ हो ।चलचित्र विकास बोर्डले सुरु गरेको बक्सअफिस प्रणाली समेत उनले ह्यान्डिल गर्दै आएका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -