काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन्
अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरेका छन्।
वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।
अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेतलगाएका छन् ।
गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाईत्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए ।
उनले केपी ओली,प्रचण्ड,माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखे लगत्तै एकलौटी गरेको भन्दै चारघटकले निष्कासन गरेका हुन् ।








































