काठमाडौं /रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ताको चरणमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी नाम रघण्टी चुनाव चिह्न मागेर २१ सदस्यीय प्रस्तावित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ताका लागि पेस गरिएको छ ।
यो पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने छन् भने उनीपछिको वरीयतामा धादिङका डोलप्रसाद अर्याल(डि पि ) छन् । तेस्रो नम्बरमामोरङका मुकुल ढकाल छन् । उनलाई पार्टीको प्रवक्ता समेत बनाइएको छ ।
केन्द्रीय समितिको सूचीको चौथो नम्बरमा डडेल्धुराका दीपकराज बोहरा छन् । यस्तै केन्द्रीय समितिमा गोरखाका कवीन्द्र बुर्लाकोटी, काठमाडौं का गणेश पराजुली, नुवाकोटका रामकृष्ण भट्टराई, धादिङका उपेन्द्र पाण्डे, चितवनका महेश्वर घिमिरे तथा दाङकाविपिनकुमार आचार्य छन् ।
धादिङकी वसुमाया तामाङ, गोरखाकी एलिजा गुरुङ, काठमाडौंकी कुसुम महर्जन, दोलखाकी सोविता गौतम सुनसरीकी गीता रेग्मीकोनाम पनि केन्द्रीय समितिमा छ ।
लमजुङका डा. प्रभात अधिकारी, मोरङकी रविना घिमिरे, नवलपरासीका इस्रा मुल्ला मियाँ, सिराहाका डा. राकेश यादव, धादिङकाविष्णुकुमार श्रेष्ठ भक्तपुरकी प्रमिला कुलुजूको नाम पनि केन्द्रीय समितिमा छ ।








































