नेपाल विधार्थी संघ, काठमाण्डौं ईन्जिनियरिङ् कलेज, कालिमाटीले “NSU-Cricsal Cup-2.0” भव्यताका साथ सम्पन्न गरेको छ।
फाईनल तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका प्रभावशाली नेता, पार्टी का केन्द्रीय सदस्य, ने.वि.संघ कापुर्व केन्द्रीय अध्यक्ष प्रदिप पौडेल ले विजयी खेलाडीहरू लाई मेडल,सिल्ड र प्रमाणपत्र बितरण गर्दै खेलकुदको नियम, मापदण्डराजनीतिमा पनि लागु गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि ने.वि.संघ निवर्तमान महामन्त्री, पार्टी का महासमिति सदस्यबलदेव तिमल्सिनाले ईन्जिनियरहरू देशको मेरुदण्ड भएकाले राजनीतिको अग्रभागमा आएर देशको समृद्धि, उन्नति र पुर्बाधार निर्माणमामहत्त्वपूर्ण भुमिका खेल्न आग्रह गर्नुभयो।
कार्यक्रममा महासमिति सदस्य धादिङ्का नेता मधु श्रेष्ठ, सोही कलेका पुर्व स्व.वि.यु उप-सभापति ई. दिपेन्द्र क्षेत्री, नेता प्रकाशके.सी(PR), NEA केन्द्रीय सदस्य सुरज चापागाँई, कलेज पुर्व अध्यक्ष अभिषेक के.सी, विपिन भुषाल लगायतको उपस्थिति रहेकोथियो।
२०६४ सालमा कलेज प्रवेश गरे देखिनै खेलकुद विकास र कार्यक्रममा आफु सधैं लागी परेको हुदाँ खेलको माध्यम बाट विद्यार्थी बिचअझ नजिक हुने अवसरले हर्षित भएको संघका केन्द्रीय नेता ई.दिपेन्द्र क्षेत्रीले बताए। ने.वि.संघ अध्यक्ष रविन राज गौतम र उपाध्यक्षरिवाज अधिकारी(अग्रीम)ले सहभागी सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम हेमन्त राज पौडेल को संयोजकत्वमाभएको थियो भने संचालन सचिव विपिन कार्की द्दारा भएको थियो। पुरुष तर्फ Computer 4th Year र महिला तर्फ Civil 4th year विजयी हुनुभएको थियो।








































