९ असार, धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहीबार पनि स्थगित भएको छ ।
कार्यपालिका सदस्यहरुले विनियोजन विधेयक माथिको छलफल गर्दा विवाद सिर्जना गरेपछि बैठक स्थगित भएको हो । धरानउपमहानगरपालिकामा यसअघि पनि वडाध्यक्षहरुविरुद्ध नाराबाजी भएको भन्दै नवनिर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यपालिका बैठकस्थगित भएको थियो ।








































