काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको महसुल घटाएको छ ।
असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको २०एमबीपीएससम्म यसअघि २ हजार थियो । भने, अब २० एमबीपीएस १ हजार ६ सय मात्र कायम गरिएको छ । सो सेवामा ४ सय मूल्यघटेको हो ।
२१ देखि ५० एमबीपीएसको महसुल शुल्क पनि २ हजार ३ सय रहेकामा १ हजार ६ सयमा झारिएको छ । ५१ देखि १०० एमबीपीएससम्ममहसुल २ हजार १ सय घटाएर १ हजार ९ सय नयाँ महसुल तोकिएको छ ।
इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २ सय ७ सयबाट घटेर २ हजार ४ सय नयाँ शुल्क तोकिएकोछ ।









































