गोरखा: नेपाली कॉंग्रेस गोरखा भिमसेन थापा गॉंउपालीका वाड नं ५ बगुवा कार्यसमिति द्वारा स्थानीय निर्वाचनमा नेपाली कॉंग्रेस भित्र रहि पाटीको उमेदवार लाई निर्वाचित गराउन सहयोग नगरेको र पाटी को ज़िम्मेदार ब्यक्ती ले नै अन्तरघात गरेको र लिखित जबाफ माग्दाकुनै किसिमको प्रतिक्रिया नदिएको भन्दै नेपाली कॉंग्रेस क्षेत्रीय प्रतिनिधि बिदेश नराल ( लक्ष्मण )लाई कारबाही को लागी जिल्ला पाटी कार्यसमिति लाई सिफ़ारिस गरेको वडा पाटी सभापति कुबिर पौडेल द्वारा हस्ताक्षरित सिफारिसमा उल्यख छ ।
२०७९/०१/३० गते को स्थानीय निर्वाचन मा वडाका उमेदवार लाई असहयोग गरी अन्तर्घात गरेको हुनाले निजलाइ नेपाली कांग्रेस बगुवा वडाकार्यसमितिकोबैठक २०७९/०३/०४ को निर्णायानुसार नेपाली कॉंग्रेस बगुवाको कुनैपनि गतिबिधिमा सम्लग्न नगराउने र नेपाली कॉंग्रेस को सादारणसदस्य समेत नरहने गरि निस्काषन गर्न जिल्ला पार्टि कार्यलय गोरखामा सिफारिस गर्ने निर्णय गरेको छ ।
कारबाही सिफारीस परेका नराल का अनुसार ऑंफुले कुनै पनि अन्तरघात नगरेको र कारबाही सिफारीस को बारे कुनै जानकारी नभएकोबताएका छन भने ब्यक्तिगत रिसिबी को कारण आफ्नो नाम सिफारीस भएको बताएको छन् ।









































