Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:११:१० बिहान
- ADVERTISEMENT -

अमेरिकी सेना नेपाल ल्याउने गोप्य योजना बन्दैछ : भीम रावल

प्रकाशित मिति: २०७९ जेठ ३०, सोमबार

1006
Shares

नेकपा एमालेका सांसद डा.भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनुपर्ने बताएकाछन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाईजानकारी गराउन समेत माग गरेका हुन् । 

उनले नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंनगरेको आरोप लगाए । डा.रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपति जनाए।

अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा  अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंगभएको हो कि भन्ने आशंका उत्पन्न भएको डा. रावलले बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री पनिछलफलका लागि आउनुपर्ने माग राखे । उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नुगम्भिर रहेको बताए ।

उनले भने, ‘नेपालको परराष्ट्र नीतिलाई असंलग्न र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं । तर त्यो अहिले सरकारका गतिविधिहरूलेत्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगतसेना भनेको सुने के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थल सेनाको ग्रुपमा काम गर भन्न खोजेको हो  ।यसले के आशंका उत्पन्न गरेको छ भने स्टेड पार्टनरसीप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ । त्यसकोभित्रबाट नेपाल अंग भइसक्या हो कि ? आशंका उत्पन्न हुन्छ ।  यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने कुरा आएको छ ।प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारीगराउनुपर्छ । परराष्ट्र मन्त्री प्रधानमन्त्रीसँगै आउनुपर्यो ।’

उनले अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफल हुँदा समितिमा परराष्ट्र मन्त्रीले आउँदिन भन्न नमिल्ने बताए । उनले भने, ‘दुई देशकोबीचमा भ्रमण भइरहने कुरा सामान्य हो । यो भ्रमण आदानप्रदान कसले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनैजानकारी आउँदैन । नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जर्नेल नेपाल भ्रमणगर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाँजोपाँजोमिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमहरूले देखाएको छ । यो एकदमै आपत्तिजनक कुरा हो । सत्तापक्षकै सांसदले अमेरिकी भ्रमणगर्नुहुन्न भन्नुभएको छ ।’

डा.रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत बताए । उनलेप्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाए । प्रधानमन्त्री पत्नीआरजु अहिले स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर परामर्शकै लागि भारत गएको रावलले बताए । रावलले अमेरिकी सेनाको युटानेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी हो भने निकै गम्भिर कुरा भएको भन्दै प्रधानमन्त्रीलेसंसदमा जानकारी गराउनुपर्ने बताए ।

उनले अमेरिका भ्रमण र हस्ताक्षरका विषयमा समितिलाई परराष्ट्र मन्त्रीले जानकारी दिएर नहुने बताए । गठबन्धनका नेतालाई समेतथाहा नदिई अमेरिकी सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी भएको उनकोआरोप छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -