मुम्बई : नायक सलमान खानलाई गोली हान्ने असफल षड्यन्त्र भएको खुलासा भएको छ। टाइम्स नेटवर्कका कार्यकारी सम्पादक निकुञ्ज गर्गले गुप्तचरमार्फत आफूले जानकारी पाएको खुलासा गरेका हुन्।
खानलाई मुम्बईस्थित उनकै घर अर्थात् ग्यालेक्सिया अपार्टमेन्ट बाहिर शूट गर्ने योजना थियो। सलमान खान हरेक बिहान साइकल चलाउन बाहिर निस्कन्छन्। हत्याराहरूले यो समयमा सलमान खानलाई गोली हानेर मार्ने निर्णय गरेका थिए।
शूटरले हकी स्टिकमा अटोमेटिक पेस्तोल राखेर सलमान खानसम्म पुगेका थिए। सुटरले हकी स्टिकलाई सलमानको साइकलको पांग्रामा अड्काउन खोजेका थिए।
सलमान सडकमा खसेको भए उनीमाथि गोली चलाउने थियो। गोली प्रहार गर्न लागेका वेला प्रहरीको भ्यान आयो र सुटरले गोली चलाउन सकेन र सलमानलाई मार्ने योजना असफल भएको गर्गको कथन छ।
यो प्रयास कहिले भएको थियो भन्ने विषयमा विभिन्न अड्कल गरिन थालेका छन्।







































