महानगर र प्रभावित वडाका जनप्रतिनिधिबीच सहमति
काठमाडौँ — काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोरआजबाट उठ्ने भएको छ । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानीरातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमतिभएको छ ।
समयसीमा तोकेर कुन काम कतिबेला गरिसक्ने भन्ने पनि सहमतिमा उल्लेख छ ।
सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनीगाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका – १ वडाध्यक्षमानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।








































