Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:३९ बिहान
- ADVERTISEMENT -

नुवाकोट–१ बाट चुनाव लड्ने प्रकाशशरणको तयारी

प्रकाशित मिति: २०७९ जेठ २४, मंगलबार

750
Shares

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा काठमाडौं ५ बाट नउठ्ने भएका छन् । गृहजिल्ला नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनका लागि उनले काठमाडौं ५ छोड्न लागेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं ५ मा पराजित भएकाथिए । त्यसअघि भने यो क्षेत्रमा  कांग्रेस नेता नरहरि आचार्यले एमालेका पोखरेललाई पराजित गरेका थिए । ‘प्रकाशशरण दाइकाठमाडौं ५ मा अहिले उम्मेदवार बन्नहुन्न । सार्वजनिक रुपमा त उहाँले भन्नुभएको छैन,’ महत निकट नुवाकोटका एक जिल्ला नेतालेभने,‘नुवाकोट १ मा बाट उठ्ने तयारी गर्नुभएको छ ।’

नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाईभन्दा टिकट पाउन सहज पनि छ । गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाईमहत्व दिने गरेको पनि जिल्ला नेताहरु बताउँछन् । केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट१ मा लगेर कार्यक्रम गरेका थिए ।

गत निर्वाचनमा एमालेका उम्मेदवार पोखरेलले २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महतले १३ हजार १६९ मतल्याई फराकिलो अन्तरले पराजित भएका थिए । महतले अहिले रोजेको नुवाकोट १ मा पनि कांग्रेस अघिल्लोपटक फराकिलो अन्तरलेपराजित भएको थियो ।

माओवादी केन्द्रका हित बहादुर तामाङले ३६ हजार ४७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मतसहित पराजित भएका थिए । शिवपुरी,ककनी,पञ्चकन्या, तादी,सूर्यगढी र दुप्चेश्वर पालिका नुवाकोटको १ नम्बर क्षेत्रमा पर्दछन् ।शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ ।

प्रकाशशरण महतले नुवाकोट रोजेपछि काठमाडौं–५ मा कांग्रेसबाट उम्मेदवार बन्ने आकांक्षीहरु देखिन समेत थालेका छन् । कांग्रेसकाएक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गोविन्द भट्टराईले काठमाडौं ५ मा आकांक्षा देखाएका छन् । पौडेल रभट्टराई दुबै तनहुँका हुन् । ती नेताका अनुसार नेताहरु कृष्णप्रसाद सिटौला र भीमसेनदास प्रधानले यस क्षेत्रमा प्रदीप पौडेललाईउम्मेदवार बनाउन चाहेका छन् । अर्कोतर्फ, उपसभापति पूर्णबहादुर खड्काले भट्टराईलाई उम्मेदवार बनाउन चाहेका छन् ।

काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका गगन थापालाई क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न स्थानीय नेता तथा कार्यकर्ताले आग्रह गरेकाथिए । उनले आफ्नो क्षेत्र नछोड्ने अडान राखेपछि अन्य उम्मेदवारको खोजी भएको छ । क्षेत्रीय सभापति श्याम खड्का पनि काठमाडौं ५को उम्मेदवारका आकांक्षी हुन् ।

‘प्रदीप जीलाई तनहुँमा केन्द्रको टिकट पाउन समस्या छ । तनहुँमा कांग्रेसका नेताहरु धेरै छन्’ ती केन्द्रीय सदस्यले भने, ‘काठमाडौं ५ वा७ उहाँ मध्ये एउटामा उम्मेदवार हुने इच्छा राख्नुभएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -