Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:०२ बिहान
- ADVERTISEMENT -

काठमाडौंभन्दा भैरहवाबाट कुवेत उड्न सस्तो, जजिराले सातै दिन उडान थाल्ने

प्रकाशित मिति: २०७९ जेठ २३, सोमबार

692
Shares

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ। 

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाबाट कुवेत जाँदा टिकटदर आठ हजार रूपैयाँ कम पर्ने विमानस्थलकाप्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए।

यहाँ जजिरा एयरवेजले यही महिनाबाट उडान सुरू गरेको हो। व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवाशुल्क छुटपाएको पनि शाहले बताए।

जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुटपाएको हो,’ उनले भने।

हाल जजिराले उडान गरिरहेको एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ। यसअघिनागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलमा उडान सुरू गर्ने कम्पनीलाई एक वर्षसम्म सेवाशुल्क छुट गर्न संस्कृति पर्यटन तथानागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव गरेको थियो।

गौतम बुद्ध नयाँ विमानस्थल भएको र वायुसेवा कम्पनीहरूको आकर्षण बढाउन गरिएको यो प्रस्ताव जेठ ३ गते मन्त्रिस्तरीय निर्णयबाटपारित भएको थियो। योसँगै जेठ १४ गतेबाट यो निर्णय कार्यान्वयनमा आएको प्रवक्ता शाहले बताए।

सेवाशुल्क छुट पाएसँगै जजिराको टिकट भाउ पनि कम भएको छ।

शाहले भने, ‘टिकट शुल्क घटेपछि रोजगारीका क्रममा गन्तव्य मुलुकमा जाने यात्रु संख्या बढेको छ।’

हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएकोहो। अहिले दैनिक एक सय ५० पचास जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमाछ।

रोजगारका लागि गन्तव्य मुलुक जान काठमाडौं आउनुपर्ने बाध्यता हटेसँगै अहिले दैनिक दुई सय पचास यात्रुले आवतजावत गरिरहेकोशाहले जानकारी दिए। 

उनका अनुसार कुवेतबाट भैरहवा आउनेभन्दा बाहिरिने यात्रु बढिरहेका छन्। जेठ २ गतेयता दुई हजार ४९ यात्रुले आवतजावत गरिसकेकाछन्। यसमा एक हजार एक सय ३७ जना यात्रु भैरहवाबाट बाहिरिएका छन् भने एक हजार दुई सय ४० जना भित्रिएका छन्।

गौतम बुद्ध विमानस्थलबाट पहिलो व्यावसायिक उडान गरिरहेको जजिराले अब एक महिनाभित्र सातै दिन उडान थाल्ने एयरवेजकासञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि करिब एक दर्जन वायुसेवा कम्पनीले पनि चासो देखाएका छन्। यसमा नेपाल एयरलाइन्स, एयरअरेबिया, श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाइ दुबइ, गल्फ एयर, गो एयर, एयर बिज, ओमन एयर, चिनियाँएयरलाइन्स लगायत भएको शाहले जानकारी दिए।

यी एयरलाइन्समध्ये भैरहवामा दोस्रो व्यावसायिक उडान एयर अरेबियाले गर्ने सम्भावना छ। हाल एयर अरेबियाले उडानपूर्व गर्नुपर्ने तयारीगरिरहेको छ।

‘एयर अरेबियाले ढिलोमा दसैंसम्म भैरहवा उडान थाल्ने सूचना पाएका छौं,’ प्रवक्ता शाहले भने, ‘अन्य वायुसेवा कम्पनीहरूले उडान सुरूगर्न आन्तरिक तयारी गरिरहेका छन्। अनुमति पाएपछि उडान सुरू गर्ने छन्।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहज उडानका लागि विभिन्न अरू तयारीको भने कमी भएको उनले बताए। उनका अनुसार हालनियमित अन्तर्राष्ट्रिय उडान भइरहँदा पनि विमानस्थलमा श्रम इकाइ छैन। वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति, मेडिकल, भिसा, रोजगारसम्बन्धी कामहरू यहाँबाट हुन सकेको छैन।

दुई साताअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा कार्यालय र विमानस्थलभित्र श्रम इकाइसञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। असार १ गतेबाट श्रम कार्यालय सञ्चालनमा आउने बताइएको छ।

‘त्यसो भयो भने चाँडै अरू एयरलाइन्स पनि भैरहवा आउँछन्,’ शाहले भने, ‘वैदेशिक रोजगारीका लागि जानेहरूले पनि सुविधा पाउने छन्।’

त्यसका साथै स्थानीय स्तरमा यात्रुका लागि सहज सार्वजनिक यातायात र यात्रुलाई बस्न होटल व्यवस्था हुने हो भने गौतम बुद्धअन्तर्राष्ट्रिय विमानस्थलको आकर्षण बढ्दै जाने उनको भनाइ छ।

अहिले आवश्यकताअनुसार यहाँ यी सुविधाहरूको पर्याप्त व्यवस्था नभएको उनले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -