काठमाडौँ, मंगलबार, १७ जेठ २०७९ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ ।
नेपाल सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार बिदा लागू गरेपनि बारपाक सुलिकोटले शनिबार मात्रै बिदा दिने भएको हो ।
आइतबार बसेको कार्यपालिका बैठकले शनिबार मात्रै दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो। ‘विकट भूगोल छ, कोरोनापछि बल्लबल्ल विद्यालय पनि नियमित भएका छन्, दुई दिनको बिदा औचित्य नभएको जस्तो देखियो,’ उहाँले भन्नुभयो ।









































