Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:२४ दिउँसो
- ADVERTISEMENT -

तारा एयरको विमानमा गोरखाका एकै परिवारका चार जना सवार

प्रकाशित मिति: २०७९ जेठ १५, आइतबार

1359
Shares

काठमाडौं, आइतबार, १५ जेठ २०७९ । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा गोरखाका एकै परिवारका चार जना सवार रहेको पाइएको छ। बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनटर विमान करिब १०:१० पछि सम्पर्कविहीन भएको विमानमा उनीहरू सवार रहेको पाइएको हो ।

जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेकोमा गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ५ तीनमानेका एकै परिवारका चार जना भएको वडाध्यक्ष यमबहादुर रानामगरले जानकारी दिनुभयो । ‘विमान बेपत्ता भएको सुनिएको छ। विमानमा रहेकामध्ये ४ जना यसै गाउँपालिकाका एकै परिवारका सदस्य हुन्,’ वडाध्यक्ष रानामगरले भन्नुभयो, ‘हिजो मात्रै उहाँहरू मुस्ताङ जाने भनेर पोखरा गएका रहेछन् । चारै जनाको मोबाइलको स्विच अफ छ।’

वडाध्यक्ष रानामगरका अनुसार बुबा गणेशनारायण श्रेष्ठ, आमा रश्मि श्रेष्ठका साथै दुई छोरी रोजिना र रविना बेपत्ता विमानमा सवार थिए । उहाँहरूले पोखरा हुँदै मुस्ताङ जाने खबर आफन्तलाई जानकारी गराएका थिए । ‘५ जनाको परिवार थियो। दुई छोरीहरु रविना र रोजिना वैशाख ३० गते मात्रै अमेरिकाबाट आएका थिए,’ रानामगरले भन्नुभयो, ‘अर्का छोरा पनि अमेरिकामा नै छन् ।’

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा आफू वडाध्यक्षमा निर्वाचित भएपछि गणेशले फोन गरेर बधाई दिएको समेत रानामगरले स्मरण गराउनु भयो ‘छोरीहरुलाई घुमाउन लैजानु छ भनेर उनी हिजो मात्रै पोखरा गएका थिए,’ रानामगरले भन्नुभयो ।

तारा एयरले विमान खोजी कार्य जारी रहेको बताएको छ ।

तर, नेपाल वायुसेवा प्रदायक संघका प्रवक्ता योगराज कँडेलले भने तारा एयरको ९एन- एइटी साइनको ट्विनअटर जहाज लार्जुङ क्षेत्रमा ‘लोकेट’ भएको जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -