काठमाडौं, बुधबार, ११ जेठ २०७९ । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका नेकपा एसका धनराज अचार्य निर्वाचित हुनु भएको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनु भयो ।
आचार्य ५८८९३ मतसहित विजयी हुनु भयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत प्राप्त गर्नु भएको थियो ।
६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६६६३ ल्याउनु भयो ।








































