Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:४६ बिहान
- ADVERTISEMENT -

७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक, १९ को बाँकी

प्रकाशित मिति: २०७९ जेठ १०, मंगलबार

296
Shares

काठमाडौं, मंगलबार, १० जेठ २०७९ । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सोमबार रातिसम्मको मतगणना अनुसार अब १९ पालिकाको मात्र नतिजा आउन बाँकी छ । हालसम्म ७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

हालसम्म घोषित नतिजा अनुसार, नेपाली कांग्रेसले ३ सय २१ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । २ सय ९५ पालिकाको उपप्रमुख पद पनि कांग्रेसले आफ्नो पक्षमा पारेको छ । कांग्रेस अझै ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पदमा अगाडि छ । यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ । २०७४ सालको स्थानीय निकाय निर्वाचनमा सबैभन्दा ठुलो दलको पगरी गुथेको नेकपा एमाले भने यसपटक दोस्रो स्थानमा खस्किएको छ ।

एमालेले हालसम्म २ सय पालिकाको प्रमुख पद जितेको छ । २ सय ३० पालिकाको उपप्रमुख पद पनि एमालेले जितेको छ । एमाले हाल ५ पालिकाको प्रमुख र १० पालिकाको उपप्रमुख पदमा अगाडि देखिएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले हालसम्म १ सय २० पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १ सय २८ पालिकाको उपप्रमुख पद पनि जितेको छ । हाल माओवादी केन्द्र २ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पदमा अगाडि रहेको छ । यसपटकको निर्वाचनमा माओवादी केन्द्र तेस्रो ठुलो दल बनेको छ ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) ले २९ पालिकाको प्रमुख र ३० पालिकाको उपप्रमुख पदमा सफलता हात पारेको छ । जसपा हाल २ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पदमा अगाडि देखिएको छ ।

नेकपा एकीकृत समाजवादीले भने हालसम्म १८ पालिकाको प्रमुख र २१ पालिकाको उपप्रमुख पदमा जित हात पारेको छ । हाल एकीकृत समाजवादी १ पालिकाको प्रमुख पदमा अगाडि छ । पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी जिततर्फ अग्रसर देखिएको छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको दल एकीकृत समाजवादीले पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागिता जनाएको हो । पहिलो सहभागितामै एकीकृत समाजवादीले महत्वपूर्ण सफलता हात पारेको हो ।

यसअघि एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकाको प्रमुख पद जितिसकेको छ । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा पोखरा र काठमाडौं महानगरको मेयरमा विजयी भएको एमाले भने यसपटक कुनै पनि महानगरमा जित हात पार्ने सम्भावना देखिएको छैन ।

यसपटकको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए । राष्ट्रिय जनमोर्चाले पनि ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १५ पालिकाको प्रमुख र ११ पालिकाको उपप्रमुख पद जितेको छ । लोसपा हाल २ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पदमा अगाडि छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ पालिकाको प्रमुख र ४ पालिकाको उपप्रमुख पद जितेको छ ।

यसैगरी सीके राउतको जनमत पार्टीले २ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पद जितेको छ । नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले पनि १÷१ पालिकाको प्रमुख पद जितेका छन् ।

यसपटक स्वतन्त्र उम्मेदवारले भने १२ पालिकाको प्रमुख पद र ४ पालिकाको उपप्रमुख पदमा जित हासिल गरेका छन् । हाल १ पालिका (काठमाडौं महानगर) को प्रमुख पदमा स्वतन्त्र उम्मेदवार अगाडि छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जित लगभग निश्चित देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -