काठमाडौं, शुक्रबार, ६ जेठ २०७९ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी हुनु भएको छ ।
नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी हुनु भएको हो ।
कार्की ११ हजार ३२२ मतसहित नगरप्रमुख चुनिंदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गर्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाको पक्षमा ३ हजार ५५६ र राप्रपाका राजु फुयालको पक्षमा १ हजार ४१८ मत प्राप्त गर्नु भयो ।
त्यसैगरी, नगर उपप्रमुखमा नेकपा एमालेकी शान्ता थापा ९ हजार ८७५ मतसहित विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईंलाई ४ हजार ४५३ मत अन्तरे हराउनु भयो । चापागाईंले ५ हजार ४२२ मत मात्र प्राप्त गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीकी सरस्वती नेपालले २ हजार ६९३ र राप्रपाकी सरीता बजगाई चापागाईले २ हजार २५८ मत पाउनु भयो ।








































