काठमाडौं, शुक्रबार, ६ जेठ २०७९ । यसपालिको स्थानीय तह निर्वाचनको अहिलेसम्म ६ सयभन्दा बढी पालिकाहरूको नतिजा आइसकेको छ । यसमध्ये नेपाली कांग्रेसले २६६, एमालेले १६८, माओवादीले १०९, जनता समाजवादी पार्टी (जसपा) ले १८ र एकीकृत समाजवादीले १३ पालिकामा प्रमुख पद जितेका छन् ।
त्यस्तै राप्रपा, नेमकिपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र उम्मेदवार र अन्यले गरी ४० पालिका प्रमुख आफ्नो पोल्टामा पारेका छन् ।
हेर्नुहोस् कुन पालिकामा महिला उम्मेदवार बने प्रमुखः
कांग्रेस :
१. दैलेख, भैरवी गाउँपालिका, रिताकुमारी शाही
२. नवलपरासी सुस्ता बर्दघाट पूर्व, हुप्सेकोट गाउँपालिका, लक्ष्मीदेवी पाण्डे
३. सोलुखुम्बु, लिखुपिके गाउँपालिका, मिनादेवी कार्की
४. सप्तरी, सुरूंगा नगरपालिका, गीता चौधरी
५. बागलुङ, बडिगाड गाउँपालिका, गण्डकी थापा अधिकारी
६. अछाम, पञ्चदेवल विनायक नगरपालिका, अम्बिका कुमारी चलाउने
७. खोटाङ, हलेसी तुवाचुङ नगरपालिका, विमला राई
एमाले :
१. पर्वत, मोदी गाउँपालिका, हिरादेवी शर्मा
२. सिन्धुली, फिक्कल गाउँपालिका, पार्वती सुनुवार
३. मोरङ, कानेपोखरी गाउँपालिका, राजमति इंग्नाम
४. पाल्पा, बगनासकाली गाउँपालिका, सरस्वती दर्लामी
५. नवलपरासी बर्दघाट सुस्ता पश्चिम, सुनवल नगरपालिका, विमला अर्याल
६. रौतहट, मौलापुर नगरपालिका, रिनाकुमारी साह
७. सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, मोहनमाया भण्डारी
८. चितवन, माडी नगरपालिका, ताराकुमारी काजी महतो
माओवादी केन्द्र :
१. काभ्रेपलाञ्चोक, चौंरीदेउराली गाउँपालिका, रेनुका चौलागाईं
२. सिन्धुली, सुनकोशी गाउँपालिका, दिपा बोहोरा
३. खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई
लोकतान्त्रिक समाजवादी पार्टी :
१. रौतहट, इशनाथ नगरपालिका, कौशल्या देवी








































