गोरखा, मंगलबार, ३ जेठ २०७९ । गोरखाको भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।
अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृता वस्तीले विजयी हुनु भएको हो । अध्यक्ष बन्जाराले ४ हजार ९८० मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरुङले ४ हजार ८ सय ८५ मत पाउनु भयो ।
त्यसैगरी, उपाध्यक्षमा पदमा भने नेपाली कांग्रेसकी वस्तीले माओवादी केन्द्रकी उम्मेदवार जुनु माया श्रेष्ठलाई पराजित गर्नु भयो । वस्तीले ४ हजार ९ सय ४९ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गर्नु भएको थियो ।
यस गाउँपालिकाको वडा नम्बर १, ५, ६,७ मा माओवादी केन्द्र बिजयी बनेको छ भने वडा नम्बर २,३,४ मा नेपाली कांग्रेस बिजयी बनेको छ ।








































