गोरखा, सोमबार, २ जेठ २०७९ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनु भएको छ । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी हुनु भएको हो । भट्टले ५ हजार ७१९ मत प्राप्त गर्नु भएको थियो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेले ४ हजार ८६४ मत प्राप्त गर्नुभयो । भट्ट दोस्रो कार्यकालयका लागि पुन : गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भयो ।
उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ विजयी हुनु भएको हो । उहाँले ५ हजार ७६५ मत प्राप्त गर्नु भएको थियो ।
उहाँका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेख माया रानाले ४ हजार ५७५ मत प्राप्त गर्नु भएको थियो । गुरुङ दोस्रो कार्यकालयका लागि पुनः उपाध्यक्षमा निर्वाचित हुनुभयो ।








































