काठमाडौँ, सोमबार, २ जेठ २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ मा नेपाली कांग्रेसका अनिल थापा वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामहरी गोतामेलाई पराजित गरी थापा विजयी हुनु भएको हो ।
वडा अध्यक्षमा थापाले १ हजार ५ सय २ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका रामहरी गोतामेले १ हजार ४ सय ५४ मत प्राप्त गर्नुभएको थियो ।
वडा सदस्यहरुमा भने नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ ।
वडा नं.९ मा कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कार्कीले १ हजार ४ सय ३६ र एमालेबाट मेयरका उम्मेदवार रामशरण ढुंगानाले १ हजार १ सय ८७ मत प्राप्त गनुएभएको छ ।
अहिले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ र ८ को मतगणना कार्य भैरहेको कांग्रेस नगर सचिव सुजन थपलियाले बताउनुभएको छ ।








































