गोरखा, सोमबार, २ जेठ २०७९ । गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार राजु गुरुङले प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर नेपालीलाई पराजित गरेका हुन् ।
गुरुङ पाँच हजार ५५६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने नेपालीको पक्षमा चार हजार ८३३ मत खसेको थियो । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका ऋषिराम खनालले ९१० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी कल्पना नेपाली विजयी भएकी हुन् । उनले पाँच हजार ६३१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेकी सिता दाहालले तीन हजार ८१६ मत प्राप्त गरेकी हुन् ।








































