काठमाडौँ, सोमबार, २ जेठ २०७९ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह दुई हजार २९१ मतान्तरसहित अगाडि रहेका छन् ।
पछिल्लोपटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ४ हजार ९०५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले दुई हजार ६१४मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले दुई हजार ३१५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








































