Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१६:४८ बिहान
- ADVERTISEMENT -

गोदावरीको मतगणनामा अव्यवस्थित,पत्रकारलाई दिइदैन सूचना

प्रकाशित मिति: २०७९ जेठ १, आइतबार

730
Shares

चापागाँउ, आइतबार, १ जेठ २०७९ । ललितपुरको बज्रवाराहीस्थित गोदावरी नगरपालिकाको मतगणनास्थल अव्यवस्थित देखिएको छ ।

समाचार संकलन गर्न मतगणनास्थलमा पत्रकारहरुलाई सूचनाबाट बञ्चित गरिएको छ । मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । अन्य ठाँउमा मतगणनाको तस्विर खिच्न फोटोपत्रकारहरुलाई प्रवेश गराइएको भए पनि गोदावरी नगरपालिका मतगणनामा तस्विर खिच्न निषेध गरिएको छ ।

अन्नपूर्ण पोष्टका फोटोपत्रकार अशोक दुलालले दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको बताउनु भयो । उहाँले भन्नुभयो, मतगणनाको तस्विर खिच्न त के भित्र पसेर शान्त ठाँउमा बसेर तस्विर पठाउन पनि पाइएन ।

राजधानी थाहा सञ्चारका पत्रकार नबीन लुइटेल सूचनाका लागि भित्र प्रवेश गरेको भए पनि अनुमती छैन भन्दै अपमानजनक रुपमा बाहिर निकालिएको गुनासो गर्नुभयो । ‘पत्रकारलाई मतपरिणामबारे जानकारी दिइदैन । मतगणनास्थलबाट कार्यकर्ताले फेसबुकको स्टाटस हेरेर समाचार पुष्टि गर्नु पर्छ । निर्वाचन आयोगले आधिकारिक तथ्याङ्क नै दिदैन ।’

नगरपालिकाले लाखौं खर्च गरेर डिजिटल डिस्प्ले राखेको भए पनि मतगणनाको परिणाम डिस्प्लेबाट देखाएको छैन ।

विग्रेको माइक

गोदावरी नगरपालिकाको वार्दलीमा बेला बेलामा माइक देखाएर फर्कने गरेको निरन्तर देख्न सकिन्छ । माइक फुक्ने र हातले ठोक्दा पनि नबझ्दा लामो समयपछि मत परिणाम सुन्न आन्तुकहरु निराश बन्छन् । नगरपालिकमा विग्रेको माइक ल्याएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्
नगरपालिकाले चार पाँच घण्टामा मतपरिणाम सुनाउने भए पनि आवाज नै सानो भएकाले राम्रो सुनिदैन । टाढा दुरी रहेको सडकमा गाडीको हर्न बजाउने हुनाले मत परिणाम राम्रो नबुझेको आगन्तुकहरुको गुनासो ।

मतगणनाको परिणाम सुनाउदा सबै क्षेत्र र उम्मेदावरहरुको नाम सहिन नभन्दा बुझनै गाह्रो हुने गुनासो सर्वसाधारणको छ ।

मतगणना सुस्त

तुलनात्मक रुपमा गोदावरीमा मतगणना सुस्त छ । निर्वाचन आयोगले शुक्रबार रातीबाट मतगणना गरेको २४ घण्टामा १ नम्बर वडाको नतिजा निकालेको छ ।

मतगणना ढिलो गरेको भन्दै एमालेकी नेतृ अन्नपूर्ण बस्नेतले गुनासो पोख्नु भयो । ‘यो जिम्मेवार निकायको असक्षमता हो । मतगणना छिटो गरेर जनराजनीतिक पार्टीका नेताहरुलाई सहज गराउनु पर्छ ।’

मतगणनाका लागि आयोगले सिमित ठाँउमा सिसिटिभि जडान गरिदिएको कारण धेरै ठाँउमा मत गन्न सक्ने अवस्था नरहेको निर्वाचन अधिकृत रिजालको भनाई छ । शनिबार दिनभर २ ठाँउमा मात्रै मत गणना गरेको नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्वा रिजालले बताउनु भयो । उहाँले भन्नुभयो, हामीले थप २ ठाँउमा बढाएरसुरु गरेका छौं । अव छिटो हुन्छ ।

ट्राफिक जाम

आगन्तुकहरुलाई व्यवस्थि तगर्न नसक्दा नगरपालिका परिसरको सडक जाम भएको छ । मतगणना स्थलबाहिर व्यस्त सडकमा भीड रहेको छ । मतपरिणाम लामो समयसम्म पनि घोषणा नहुँदा भीड निरन्तर बढेको छ भने सवारी आवागमन प्रभावित बनेको छ । नारा लगाउने भीडसँगै सवारीसाधन सडकमा हर्न बजाइरहेको देख्न र सुन्न सकिन्छ ।

ललितपुर गोदामचौरका रमेश विष्टले कार्यालय परिसरमा सर्वसाधारणलाई जान निषेध गरेको भन्दै आक्रोस पोखे । उनले भने, ‘ कार्यालय परिसरमा ठाँउ र सुरक्षाका लाष् िपर्याप्त सुरक्षाकर्मी हुँदा हुँदै हामीलाई भित्र जान दिइएन ।’ नगरपालिकाको ठूलो चौर प्रहरीलाई घेरा लगाएर राखिएको छ । सडकमा जाम छ । भीड छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -