गोरखा, आइतबार, १ जेठ २०७९ । गोरखामा एमालेबाट टिकट पाएर २२ बर्ष मा नै जनप्रतिनिधि बन्न सफल हुनु भएको छ ।
गोरखा नगरपालिका ४ का अस्गर अलि मियाँ २२ बर्षको उमेर मा नै जनप्रतिनिधी चुनिनु भएको हो ।
चितवनमा स्नातक तेस्रो बर्षमा अध्ययनरत मियाँ गोरखा नगरपालिका वडा नम्बर ४ बाट वडा सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँले ५ सय ४६ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित हुनु भएको हो ।








































