काठमाडौँ, आइतबार, १ जेठ २०७९ । काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतका साथ अग्रस्थानमा रहनु भएको छ ।
झण्डै ३ हजार ४ सय मत गणना हुँदा बालेनले सबै प्रतिष्पर्धीलाई उछिन्दै १५७५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ९८५ मत प्राप्त गरेका छन् भने गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाउनु भएको छ ।








































