गोरखा, शनिबार, ३१ वैशाख २०७९ । गोरखाको धार्चे गाउँपालिका वडा १ मा माओवादी केन्द्रका उम्मेदवार रामसिंह गुरुङ बिजयी हुनु भएको छ । उहाँले दुई सय ४४ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश घलेले एक सय ७५ मत ल्याउनु भएको थियो ।
उक्त वडामा सबै सदस्य माओवादी केन्द्रबाट बिजयी हुनु भएको छ ।








































