गोरखा, शनिबार, ३१ वैशाख २०७९ । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मनोज गुरुङ बिजयी हुनु भएको छ । उहाँले ४ सय ६४ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निटकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ३३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
सोही पालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गोबिन्द गुरुङले ४ सय ६० मत, माओवादी कैन्द्रका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ४ सय ३६ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ४ सय ६० मत र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ४० मत ल्याउनु भएको छ ।








































