गोरखा, शनिबार, ३१ वैशाख २०७९ । गोरखा नगरपालिकामा नेपाली कांग्रेसको विजय सुरुवात भएको छ । हिजो राती ११ बजेबाट सुरु भएको गोरखा नगरपालिका १ को मतगणना शनिबार बिहान ७ बजे सकिएको हाे ।
जस अन्तर्गत नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १ काे वडाध्यक्षमा हिक्मत बहादुर कुवँर, वडा सदस्यहरुमा ठाकुर प्रसाद भट्ट, टाेप बहादुर भट्ट, कमला भट्ट र सृजना नेपाली विजयी हुनु भएको हो ।
१ हजार २ सय १२ मत खसेको वडा नम्बर १ मा नगर प्रमुख, उप प्रमुख र वडाध्यक्षसहित सातै पदमा कांग्रेसले मत बढी ल्याएकाे बताइएको छ । मतपरिणाम भने घोषणा भइसकेको छैन ।








































